भिजन लुम्बिनी लिमिटेडको दोस्रो साधारण सभा तथा जलविद्युत परियोजना सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भिजन लुम्बिनी लिमिटेडको दोस्रो साधारण सभा तथा जलविद्युत परियोजना सम्पन्न

बुटवल : सामुहिक पहिचानका लागि सामुहिक लगानी भन्ने नारासहित बुटवलमा स्थापित भिजन लुम्बिनी लिमिटेडको दोस्रो साधारण सभा तथा जलविद्युत परियोजना शनिबार बुटवलमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षता र सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवाली , शिक्षावीज्ञ दिपेन्द्र ढकाल, वरीष्ठ पत्रकार दिलिप भट्टराई, दिपक ज्ञवाली, जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष चोलेन्द्र दुलाल लगायतले शुभकामना दिए ।

छरिएर रहेको सानो सानो पु“जीलाई एकिकृत गरी सामुहिक लगानीबाट रोजगारी बढाउन भिजन लुम्बिनीको स्थापना भएको हो । झण्डै ३ वर्षअघि स्थापित सस्थामा करिब ६ सय सदस्य छन् । कृषि, स्वास्थ्य विज्ञान, शैक्षिक, अर्थ वित्त, पर्यटन विकास, व्यापार व्यवसाय, जलविद्युत तथा उर्जा, सञ्चार, अध्ययन अनुसन्धान तथा जनसम्पर्क लगायतका ९ वटा विषयमा काम गर्ने यसको लक्ष्य रहेको अध्यक्ष पोखरेलले बताए ।

यसैबीच भिजन लुम्बिनीले अघि बढाएको सेतीनदी जलविद्युत आयोजनाको बारेमा अभिमुखीकरण कार्यक्रम आजै सम्पन्न भएको छ ।