विराट कोहली बने सबैभन्दा बढी कमाउने क्रिकेटर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विराट कोहली बने सबैभन्दा बढी कमाउने क्रिकेटर



भारतीय क्रिकेट कप्तान विराट कोहली विश्वको सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा परेका छन्।

अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको रिपोर्ट अनुसार कोहलीको यो बर्ष २ करोड ४० लाख अमेरिकी डलर कमाउँदै ८३औं स्थानमा परेका छन्।

यो सूचीमा भारतका तर्फबाट कोहलीको मात्र नाम परेको छ।

धेरै कमाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा अमेरिकी बक्सर फ्लोइड मेवेदर छन् भने दोस्रो स्थानमा मेसी र रोनाल्डो तेस्रो स्थानमा छन्। फोर्ब्सका अनुसार शीर्ष सय भित्र कुनै पनि महिला खेलाडी अटाएका छैनन्।

फोर्ब्सका अनुसार कोहलीको कमाई पिचमा भन्दा बाहिर बढी छ। उनलर् प्युमा, पेप्सी, पेप्सी, ओडी र ओकलेजस्ता ठूला कम्पनीका ब्रान्ड एम्बेस्डर हुन्।

शीर्ष १०० भित्र विभिन्न २२ देशका खेलाडीहरू समावेश छन्। जसमा अमेरिकाका सबैभन्दा धेरै ६६ जना अटाएका छन्।