भीआईपीको सुरक्षामा नजान मन्त्री यादवको निर्देशन - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

भीआईपीको सुरक्षामा नजान मन्त्री यादवको निर्देशन



काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले भीआईपीहरुको सुरक्षामा नखटिन र राहत तथा उद्धारमा सक्रिय रहन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

बारा पर्साको हावाहुरी बस्ती निरीक्षणको क्रममा आज बिहान बसेको बैठकमा राज्यमन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । स्वास्थ्यकर्मी र अन्यकर्मचारीलाई बारामा आउने भीआईपीलाई भन्दा बढी पीडितको उद्धार र घाइतेको उपचारमा ध्यान दिन मन्त्री यादवले निर्देशन दिए ।

आइतबार साँझ आएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको थियो । ५ सयभन्दा बढी घाइते भएका थिए । हावाहुरीबाट ५ सयभन्दा बढी घरपरिवार प्रभावित भएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले त्यहाँ उद्धारका लागि विभिन्न संघसंस्थाले सक्दो प्रयास गरिरहेका छन् ।