तमिल सुपरस्टार विजयको मृत्युको हल्ला के हो ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

तमिल सुपरस्टार विजयको मृत्युको हल्ला के हो ?



एजेन्सी- सामाजिक संजालमा कतिखेर के र को भाइरल बन्छ थाहा हुन्न। सत्य कुरा भाइरल हुँदा त राम्रै हो तर गलत खबर फैलिदा भने सो खबरसँग सम्बन्धितले हैरानी बेहोर्छन्।

यस्तै एउटा हल्ला सोमबार फैलियो। र यो हल्लाको सिकार भए तमिल सुपरस्टार विजय।

ट्वीटरमा उनी मरेको भन्दै ‘ह्याट्याग रिप एक्टर विजय’ ट्वीटहरू भए। सुरूमा यसबाट धेरै झुक्किए तर पछि थाहा भयो खबर त झुट रहेछ।

त्यसपछि विजयका फ्यानहरू आक्रोषित भए र सोप्रति उनीहरूले आफ्नो असन्टुष्टि र रोष प्रकट गरे। उनहरूले यसको खुलेर ट्वीटरमा प्रतिकार गरे। यो खबर खासमा विजयलाई मननपराउनेहरूले चलाएका रहेछन्।

यस हल्लाबाट दुःखी विजयका एक फ्यानहरूले विजय सहि र फिट रहेको ट्वीट गरेका छन्। सो ह्यासट्याग करिब ५० हजार बढि पटक ट्वीट भएको छ। यसबाट निराश भएकाहरूले सो ह्यासट्याग हटाउनुपर्ने मागसमेत गरे।

यस हल्लाले ट्वीटर केहि समय गर्माए पनि हाल सो शान्त भएको छ।

विजय तमिल सिनेमाका चल्तिका सुपरस्टार हुन्। उनका सिनेमाहरू वक्सअफिसमा लगातार हिट रहँदै आएका छन्। उनी छिट्टै ‘बिजिल’ सिनेमाबाट दर्शकमाझ आउँदैछन्।

यसरी जिवित अभिनेताको मृत्यु भएको यो पहिलो पटक भने होइन। पटकपटक थुप्रै कलाकार यस्ता झुठा ट्रोलको सिकार भइसकेका छन्।