पारिश्रमिकमा रजनीकान्तलाई पनि उछिने विजयकुमारले - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

पारिश्रमिकमा रजनीकान्तलाई पनि उछिने विजयकुमारले



एजेन्सी- तमिल सुपरस्टार विजयले पारिश्रमिकको मामिलामा रजनीकान्तलाई उछिनेका छन्।

आगामी एक सिनेमाका लागि सय करोड भारू पाउने सम्झौता भएसँगे उनले पारिश्रमिकको मामिलामा रजनीकान्तलाई उछिनेका हुन्।

रजनीकान्तले आफ्नो आगामी रिलिज ‘दरबार’का लागि ९० करोड भारू पारिश्रमिक बुझेका थिए।

विजयले रजनीको यही पारिश्रमिकलाई पछि पारेका हुन्।

सन पिक्चर्सले निर्माण गर्ने एक नाम नराखिएको सिनेमाका लागि सो रकम दिने भएको हो।

सन पिक्चर्सले यसअघि उनीसँग ‘सरकार’ बनाइसकेको छ।

विजयलाई सिनेमाका लागि सन पिक्चर्सले ५० करोड रुपैयाँ बुझाइसकेको छ।

मिडिया रिपोर्टहरुका अनुसार विजयले सन पिक्चर्सले बनाउन लागेको ‘थलापथी ६५’का लागि यो रकम पाएको बताएपनि यसबारेमा स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

हाल विजय ‘मास्टर’नामक सिनेमामा व्यस्त छन्।

विजय अभिनित पछिल्लो रिलिज ‘बिगिल’ले वक्सअफिसमा तीन सय करोड भारू कमाइ गरेको छ।