विद्यालाई दैनिक १ बट्टा चुरोट र रक्सीको लत लगाउने चलचित्र - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

विद्यालाई दैनिक १ बट्टा चुरोट र रक्सीको लत लगाउने चलचित्र



काठमाडौं- आठ वर्षअघि बनेको फिल्म ‘डर्टी पिक्चर’ले आफूलाई त्यो वर्षको उत्कृष्ट अभिनेत्रीको सबै अवार्ड दिलाएको अभिनेत्री विद्या बालनले बताएकी छन्।

यही फिल्मले आफूलाई दैनिक एक बट्टासम चुरोट र वाइन पिउने बानी पनि बसालेको अभिनेत्री बालनको भनाइ छ। फिल्मका कारण चुरोट पिउने बानी बसेपछि चुरोट छाड्न आफूले पुनस्थापना केन्द्रको सहयोगसमेत लिनुपरेको अभिनेत्री बालनले बताएकी छन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

यो फिल्ममा विद्याले दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको भूमिका निर्वाह गरेकी थिइन्।

दक्षिण भारतीय फिल्ममा सर्वाधिक चर्चामा रहेको पुगेर धूमपान र मद्यपानको लतकै कारण आफ्नो जीवन गुमाएकी स्मिताको प्रभावशाली भूमिका विद्या बालनले निर्वाह गरेकी थिइन्।

‘फिल्मको हरेक सटमा चुरोट खानुपर्ने भूमिका निर्वाह गर्दागर्दै म यो फिल्म खेल्ने क्रममा चेन स्मोकर भएँ। फिल्मका लागि १४ किलो तौल बढाएको थिएँ र नियमित वाइन पिउने लत पनि मलाई लागेको थियो।’