काठमाडौंमा भेरोसेलको दोस्रो डोज आजदेखि, कहाँ-कहाँ छन् खोप केन्द्र ? - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

काठमाडौंमा भेरोसेलको दोस्रो डोज आजदेखि, कहाँ-कहाँ छन् खोप केन्द्र ?



काठमाडौं । काठमाडौंमा आजदेखि यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्राको खोप दिइँदैछ । गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आज असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउनेछन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइनेछ ।

काठमाडौं महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने सूचनामा उल्लेख छ । भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ । पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले भनेको छ ।