२०७६ जेष्ठ १२, आइतवार

वरुण धवन विवाहको तयारीमा

March 14, 2019
43 Views

एजेन्सी – बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालका साथ यसै वर्षको अन्त्यमा विवाह गर्ने भएका छन् । यतिबेला अभिनेता वरुण धवन फिल्म ‘कलंक’ का कारण व्यस्त छन् । यही अप्रिल १७ मा फिल्म ‘कलंक’ रिलिज भएपछाडि वरुण धावन विवाहको तयारीमा लाग्ने बताइएको छ ।

वरुण धवन र नताशा दलालले आफ्नो विवाहका लागि स्थान पनि तय गरिसकेका छन् । वरुण र नताशा अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले जस्तै गरी डेस्टिनेशन वेडिङ गर्न खोजिरहेका छन् । वरुण र नताशाले विवाहका लागि समुन्द्रले घेरिएको सुन्दर देश माल्दिभ्सलाई रोजेका छन् ।

अभिनेता वरुण धवन उनकी प्रेमिका नताशा दलाललाई लामो समयदेखि डेट गरिरहेका छन् । अधिकांश समय नताशा र वरुण एकसाथ समय बिताइरहेका तस्बिरहरु मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् । यी दुवैका परिवारले पनि यस सम्बन्धलाई स्वीकार गरिसकेका छन् ।

तर नताशा र वरुणको डेस्टिनेशन वेडिङको योजना भने वरुणको परिवारलाई चित्त बुझेको छैन । वरुण धवनका पिता तथा निर्देशक डेविड धवन छोराको विवाह भारतमै गर्ने सोचमा छन् । यसै कारण वरुण धवन र नताशा दलालको विवाको स्थान भने अहिले टुंगो लागिसकेको छैन ।

Facebook Comments

सम्बन्धित खवर

२१ घटनाले बताउँछन्, ओलीमा शक्तिशाली बन्ने खतरनाक तिर्खा छ
पत्रपत्रिका
0 shares5 views
पत्रपत्रिका
0 shares5 views

२१ घटनाले बताउँछन्, ओलीमा शक्तिशाली बन्ने खतरनाक तिर्खा छ

himal post - २०७६, १२ जेष्ठ ०६:५३

२१ घटनाले बताउँछन्, प्रधानमन्त्री केपी शर्मा ओलीमा शक्तिको असिमित तिर्खा छ। मन्त्रालय, सुरक्षा निकाय, विश्वविद्यालय, प्रेस, मानव अधिकार र सार्वजनिक…

कथा : बुधनको घोडी
कला/साहित्य
0 shares7 views
कला/साहित्य
0 shares7 views

कथा : बुधनको घोडी

Himalpost Desk - २०७६, १२ जेष्ठ ०५:०६

- मन्दिरा मधुश्री हरियाको सलमान आफ्नी करिस्मामाथि उक्लिएको देखेर बुधनले सपना हो कि भन्ठान्यो। अनि त अझ बढी नियालेर हेऱ्यो।…

गजल : …. जमाना गयो !
कला/साहित्य
0 shares9 views
कला/साहित्य
0 shares9 views

गजल : …. जमाना गयो !

Himalpost Desk - २०७६, १२ जेष्ठ ०५:०५

- मनु मन्जिल  भीरपाखा फूल फुल्ने जमाना गयो महक बोकी हावा डुल्ने जमाना गयो। वसन्तले हारेर गो' शीतलहरको राज छ…