उपत्यकाका तीन सीडीओको बैठकः यस्ता छन् पछिल्ला निर्णय - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

उपत्यकाका तीन सीडीओको बैठकः यस्ता छन् पछिल्ला निर्णय



काठमाडौं– निर्वाचन सुरक्षाका विषयमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले विशेष निर्णय गरेको छ।

बैठकले निर्वाचन आयोगको निर्णय अनुसार मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजसम्म उपत्यकामा आन्तरिक सवारी आवगमन बन्द गर्ने निर्णय गरेको छ। तर मापदण्डअनुसारका अनुमति पाएका सवारीलाई रोकतोक हुनेछैन।

निर्वाचन लक्षित गरेर १ मंसिरदेखि ४ मंसिर राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाउने निर्णय बैठकले गरेको छ।

निर्वाचनका बेला तिनै जिल्लामा खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा सञ्चालनमै राख्न चाहिँ सबै जिल्लामा फोकल पर्सन तोकेर काम गर्ने निर्णय भएको छ।

मंसिर १ र २ गते प्रशासनका कतिपय काम रोकि आवश्यक सेवा मात्र प्रवाह गरिने बैठकको निर्णय रहेको छ।