सडकमा राखेको प्रहरीको गाडीमा प्रहरीले नै ठोके ताल्चा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सडकमा राखेको प्रहरीको गाडीमा प्रहरीले नै ठोके ताल्चा



काठमाडौं- पछिल्लो समय ट्राफिक प्रहरीले कारबाही तिब्र पारेको छ ।

मन्त्री र सरकारी गाडीमा ताल्चा ठोकेर कतिपय ठाउँका प्रहरीले वाह वाहि पाइरहेका छन् ।

यस्तै पछिल्लो समय प्रहरीले प्रहरीकै गाडीमा ताल्चा ठोकेको छ । अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक लगाएको हो ।

सडकमा पार्किङ्ग गरिराखेको गाडीमा महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले ताल्चा ठोकेको हो ।

प्रहरीको ना१झ १४२५ नम्बरको प्रहरीकै गाडीमा ह्विल लक लगाएको हो।

सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखाले जनाएको छ ।