रोनाल्डो आवद्ध युभेन्ट्सका खेलाडीलाई कोरोनाको संक्रमण - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

रोनाल्डो आवद्ध युभेन्ट्सका खेलाडीलाई कोरोनाको संक्रमण



बीबीसी- क्रिस्टियानो रोनाल्डो आवद्ध फुटबल क्लब युभेन्ट्सका डिफेन्डर डेनिली रुगानीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ।

युभेन्ट्स इटालिएन फुटबल क्लब हो। इटाली चीनपछि कोरोनाबाट सैबभन्दा ग्रस्त मुलुक हो।

हाल इटालीका सबै ६ करोड नागरिकलाई घरबाट बाहिर निस्कन दिइएको छैन। यसैबीच इटालियन सिरी ए फुटबल पनि अप्रिल ३ सम्म स्थगित भएको छ।

कोरोनाले देश नै त्रासमा परेका बेला युभेन्ट्सका डिफेन्डर डेनिलीलाई कोरोनको संक्रमण देखिएको हो।

हाल डेनिलीको उपचार भइरहेको छ। गत आइतबारमात्र इन्टरमिलानलाई पराजित गरेपछि डेनिलीले एक सामूहिक तस्बिर सार्वजनिक गरेका थिए। उनीसँगै तस्बिरमा रोनाल्डो पनि देख्न सकिन्छ।