ट्रम्पले भने - किम जोङ उनलाई पुड्के र मोटे भन्दिनँ ! - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

ट्रम्पले भने – किम जोङ उनलाई पुड्के र मोटे भन्दिनँ !



वासिङट-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच फेरि वाकयुद्ध सुरु भएको छ ।

साउत चाईना सी को विवाद समाधान गर्नका लागि आफु मध्यस्तकर्ता बन्न तयार रहेको बताउने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत उत्रर कोरियाली शासक किम जोङउनलाई केहि पनि पुड्के र मोटे नभन्ने बताएका छन् ।

उत्तर कोरिायली वदेशमन्त्री शनिबार ट्रम्पलाई युद्ध रुचाउने र बृद्ध ब्यक्ति भनेका थिए ।

ट्रम्पको आलोचना गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले प्योङयाङले परमाणु अस्त्रको विकास नरोक्ने पनि बताएका थिए ।

ट्रम्पले उत्तर कोरियालीले आफुलाई किन बुढो भनेर अपमान गरेको होला भन्दै ट्विट गरेका छन् ।

आफुले उत्तर कोरियाल नेता किम जोङ उनको साथी बनन धेरै नै प्रयास गरेको भन्दै उनले कुनै दिन तयो समभव हुन सक्ने विश्वास पनि सार्वजनिक गरेको छन् ।, यो खबर अजको नागरिक दैनिकमा छ ।