रिदम ब्याण्ड सहित दिपक बज्राचार्य एडीलेड आउदै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रिदम ब्याण्ड सहित दिपक बज्राचार्य एडीलेड आउदै



एडीलेड

दुई दशकअघि पपगायन र संगीत मार्फत उदाएका चर्चित गायक दिपक बज्राचार्य आफ्नो सांगीतिक समूह रिदम ब्याण्ड सहित एडीलेड आउने भएका छन। पाल्चा समूहको आयोजनामा यहि अक्टोबर ५ तारिक बेलुका ७ बजे शुक्रबारको दिन द गभमा गायक दिपक बज्राचार्य र रिदम ब्याण्डको संगीत गुन्जिनेछ। ३० डलर शुल्क राखिएको उत्सब उमंग दिपकसँग कार्यक्रममा साउथ अस्ट्रेलियामा रहेका कलाकार कुमार पुष्प गुरुङ , बिक्रम योगी एण्ड ब्याण्ड , जिम्मी अधिकारी र ब्याण्डको प्रस्तुति समेत रहने आयोजक मध्येमा अनुप श्रेष्ठले बताए। कार्यक्रमको बताउदै श्रेष्ठले भने “दिपक बज्राचार्यको कन्सर्टमा पछिल्लो समय नेवारी संस्कृति ,नेवारी बाजा , लाखेनाचहरुको समिश्रण हामीले देख्दै आएका छ , हाम्रो श्रोत र साधनले दिए सम्म ति कुराहरु समेत हामीले यो कन्सर्टमा समाबेश गर्ने छौ। ”

पछिल्लो नया गीत मनमगन बाट धेरै नै चर्चा कमाएका बज्राचार्यले एडीलेडको कन्सर्टमा आफ्ना नया पुराना गीतहरु गाउनेछन् ।काली काली हिस्सी परेकी . ओ अमिरा , समय , कत्ति बस्छौ माईतीघरमा , अँध्यारोमा , मायाको डोरीले , जाऊ फर्केर जाऊ, म कुनै ऋतु हैन , तिमीलाई भुलेको छैन ,नदुखेको मन जानी जानी , झुमी झुमी ,सानी हुदै मनमगनजस्ता थुप्रै हिट गीतहरु दिएर देश- विदेशमा अहिले सम्म उतिकै व्यस्त रहने केहि गायकहरु मध्ये दिपक बज्राचार्य पनि पर्दछन् ।