उषा खड्गीले भनिन- बिना आधार डीभोर्सको समाचार किन लेखेको? - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

उषा खड्गीले भनिन- बिना आधार डीभोर्सको समाचार किन लेखेको?



काठमाडौँ- पूर्व मिस नेपाल उषा खड्गीले केहि अनलाईन मिडियामा आफ्नो पारिवारिक सम्बधबारे कपोकल्पित समाचार आएकोबारे आक्रोश ब्यक्त गरेकी छन् ।उनले आफ्नो वैवाहिक सम्बन्ध संकटमा परेको खबर भाइरल भएपछि मिडियासँग आक्रोस पोखेकी हुन् ।

सम्बन्ध विच्छेद बारे केहि अनलाइन पत्रिकाले समाचार भाइरल बनाएको बारे उनले यसमा आफ्नो सहमति नभएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छन । व्यक्तिगत विषयलाई समाचार बनाएको भन्दै आक्रोश समेत पोखेकी छन् ।

उषा खड्गी र जीपी तिमल्सिनाबीच डिभोर्स हुन लागेको समाचार केही नेपाली अनलाइन मिडियाहरुले सार्वजनिक गरेका थिए । उनले व्यक्तिगत कुरामा बिना आधार समाचार लेखेको भन्दै आक्रोश पोख्दै जवाफ समेत मागेकी छन् ।

पूर्व मिस नेपाल खड्गीले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै डिभोर्सको समाचार झुटो रहेको भन्दै मिडियाहरु माथि नै प्रश्न उठाउदै जवाफ समेत मागेकी छिन ।

यस्तो छ उनले लेखेको स्टाटस

“मेरो देश नै अचम्मको, पत्रकारिता मर्यादा भनेको कसैलाइ उधृत गर्दै जस्को पनि निजी र व्यक्तिगत कुरामा बिना आधार जे पनि लेख्न पाँउने पक्कै पनि होइन होला। कृपया व्यक्तिगत कुरामा कसैले पनि मलाइ सम्पर्क नगर्नु होला….कसैको व्यक्तिगत जीवनलाई आफू खुसी मनोरंजनको सामाग्री बनाउनु भन्दा पहिले आधार जरुरी हुन्छ। म अचम्म र स्तब्ध छु, सामाजिक संजालमा नेपाली media ले मेरो जीवनको नितान्त र व्यक्तिगत बिषयलाइ Breaking News बनाएर पस्केको देख्दा कसैको निजी जीवनमा लेख्दा वा बोल्दा या छाप्दा प्रमाण स्वीकृती र सहमतिको आवस्यक्ताको जरुरी पर्छ । तर आज आएको सामाचारमा न मेरो सहमति छ न मेरो स्वीकृती नै तसर्थ के को आधारमा online media र पत्रिकाले यसरी समाचार हाल्दै छ मलाइ जवाफ चाहियो।”