अब अमेरिका जान कोरोना रिपोर्ट नचाहिने - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अब अमेरिका जान कोरोना रिपोर्ट नचाहिने



काठमाडौं– अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ।

अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूले अबदेखि कोरोना नेगेटिभ प्रमाण पेस गर्नुपर्ने नियम हटाइएको बताइएको छ। यो नियम आइतबारदेखि लागू हुनेछ।

भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दबाब दिँदै आएको थियो । भ्रमण व्यवसायीहरूले यस नीतिका कारण परिवारहरू विदेशमा अलपत्र पर्ने डरले हवाई टिकट बुकिङ गर्न मानिस डराउने गरेको समस्या स्पष्ट पारेका थिए।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नयाँ नीतिको आगामी नब्बे दिनसम्म पुनर्मूल्यांकन गर्ने बताएको छ।

अमेरिकाले कोरोना महामारीका कारण विश्वमै सबैभन्दा बढी मानवीय क्षति बेहोरेको छ।