विश्वकपका लागि उरुग्वेको टिम घोषणा: को को छन् ? - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

विश्वकपका लागि उरुग्वेको टिम घोषणा: को को छन् ?



दक्षिण अमेरिकी देश उरुग्वेको विश्वकप फुटबलका लागि टोली घोषणा भएको छ । प्रशिक्षक ओस्कार ताबारेजले रुस विश्वकप फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

यो टिममा ग्यासटोन रामिरेज परेका छैनन् । यस्तै निकोलास लोडेइरो र फेडी भाल्भेर्डी पनि टोलीमा अटाएनन् । तर गुइलेर्मो भारिला भने टोलीमा परेका छन् । उरुग्वेको टोलीमा चार वर्षअघिको विश्वकप खेलेका ११ खेलाडी छन् ।

यस्तै ८ वर्षअघि दक्षिण अफ्रिका विश्वकप खेलेका सात खेलाडी टिममा छन् । त्यो बेला उरुग्वे सेमिफाइनलसम्म पुगेको थियो ।

यो विश्वकपका लागि उरुग्वेको टिममा लुइस स्वारेज, एडिसन काभानीसहितका स्टार खेलाडी छन् । समूह ए मा रहेको उरुग्वेले समूह चरणमा आयोजक रुस, साउदी अरेबिया र इजिप्टको सामना गर्नेछ ।

टिममा को को परे ?
गोलरक्षक : मार्टिन क्याम्पाना, फर्नान्डो मुस्लेरा, मार्टिन सिल्भा

डिफेन्डरस् : मार्टिन कासिरेस, सेबास्टिएन कोएटेस, जोसे मारिया गिमिनेज, डिएगो गोडिन, म्याक्सिमिलिएनो परेइरा, ग्यासटन सिल्भा, गुइलेर्मो भारेला

मिडफिल्डरस् : जियोर्जियन डी एर्रास्काएटा, रोड्रिगो बेनटान्कुर, डिएगो लाक्साल्ट, नाथिटन नान्डेज, क्रिष्टिएन रोड्रिग्वेज, कार्लोस सान्चेज, लुकास टोरेइरा, माटिएस वेकिनो, जोनथान उरेटाविस्काया

फरवार्डस् : एडिसन काभानी, म्याक्सिमिलिएनो गोमेज, लुइस स्वारेज, क्रिष्थिएन स्टुएनी