युरोप उपसंयोजकमा सुरेन्द्र प्रधानको घोषणा - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

युरोप उपसंयोजकमा सुरेन्द्र प्रधानको घोषणा



हिमाल पोस्ट /जर्मनी 

गैर आवासीय नेपाली संघ जर्मनीको आईसीसी सदस्य सुरेन्द्र प्रधानले गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनमा युरोप उपसंयोजकको पदमा उम्मेदवार बन्ने घोषणा गरेकाछन। गैर आवासीय नेपाली संघ जर्मनीको १५ अगष्ट २०१७ मा आयोजना गरिएको छैटौ अधिबेसनमा स्वागत मन्तव्यको क्रममा आफ्नो उम्मेदवारी युरोप उपसंयोजको पदको घोषणा गरेका थिए। गैर आवासीय नेपाली संघ जर्मनीका आईसीसी सदस्य प्रधानले युरोप निवासी सम्पूर्ण एनआरएन अग्रज तथा दाजुभाई दिदीबहिनीलाई आफ्नो उम्मेदवारीको जानकारी दिदै साथ सहयोग र समर्थनको लागि हार्दिक अपिल गरेकाछन। गैर आवासीय नेपाली संघका आईसीसी सदस्य सुरेन्द्र प्रधानले गत ११ सेप्टेम्बर २०१७ का दिन गैर आवासीय नेपाली संघ जर्मनीको नवनिर्वाचित अध्यक्ष बिजय मोक्तान तथा पदाधिकारी र कार्यकरी सदस्यहरुको सफथ ग्रहण समाहरोमा बधाई तथा शुभकामना दिने क्रममा उपस्थित सम्पूर्ण जर्मनी निवासी एनआरएन दाजुभाई तथा दिदीबहिनीहरुलाई आफ्नो उम्मेदवारी युरोप उपसंयोजक पदमा रहेने भएकोले सहयोगको लागि हार्दिक अनुरोध गरेका थिए।

गैर आवासीय नेपाली संघ जर्मनीको २००४ सालमा स्थापना भएको समय देखि संस्थापक सदस्यबाट गैर आवासीय नेपाली संघमा आबद्ध भएका सुरेन्द्र प्रधान निरन्तर रुपमा संघको अभियानमा सक्रिय रुपमा क्रियाशील हुदै आएका छन। गैर आवासीय नेपाली जर्मनीको स्थानिय समन्वय परिषद( एलसिसी) हाम्बर्गको कोषाध्यक्ष हुदै २००९/२०११ मा गैर आवासीय नेपालीसंघ जर्मनीको युवा संयोजक, २०११/ २०१३ कार्यकालमा प्रबक्ता को जिम्मेवारी पुरा गरेका प्रधानले २०१३/ २०१५ को कार्यकालमा उपाध्यक्ष जिम्मेवारी पुरा गरि २०१५/२०१७ को कार्यकालमा आईसीसी सदस्यको जिम्मेवारी निर्वाह गर्दैछन।

गैर आवासीय नेपाली संघको अभियानलाई निरन्तर दिदै आगामी दिनमा क्रमिक रुममा जिम्मेवारी पुर्वक अगाडी बढने आईसीसी सदस्य प्रधानले निर्णय गरेको बताएका छन। नेपालीको लागि नेपाली, एक पटकको नेपाली सधैको नेपाली तथा नेपाली नागरिकताको निरन्तरता जस्ता गैर आवासीय नेपाली संघका मुख्य कथनलाई सधै आत्मसाथ गर्दै आगामी दिनहरुमा गैर आवासीय नेपाली संघको अभियानमा निरन्तरता दिने आईसीसी सदस्य प्रधानले स्पस्ट परेकाछन।