युरोप संयोजकमा गंगाधर गौतमको घोषणा - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

युरोप संयोजकमा गंगाधर गौतमको घोषणा



वेल्जियम-गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमले गैर आवासीय नेपाली अभियानको लामो अनुभवको आधारमा संयोजक पदको उम्मेदवारी घोषणा गरेका छन।

नेपाली समाजको एकताको लागि संघलाई संस्थागत गर्दै सबै एनसीसीहरुको साझा चौतारीका रुपमा यूरोप क्षेत्रलाई स्थापित गर्ने उदेश्य लिएका छन् । गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षको हैसियतमा गौतमले बिभिन्न सुधारका कामहरु गरेका थिए । उनले गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेको नेतृत्वमा भूकम्पपछि नेपालमा सुरु भएको पुनर्निर्माणको कामलाई गैरआवासीय नेपाली संघ बेल्जियमको तर्फबाट एक बिशेष परियोजना सहित पूर्ण रुपमा सहयोग गरेका थिए ।

गौतमले यूरोप संयोजकको जिम्मेवारी पाए संस्थागत विकास र स्थायित्वमा जोड दिँदै आर्थिक पारर्दशीतालाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता जनाए । २००८ सम्म २ बर्ष गैरआवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्ष भैसकेका गौतम ,त्यसपछि सल्लाहकार पनि भैसकेका छन ।

नेपाल विद्यार्थी संघ बाग्लुङ अध्यक्ष हुदै राजनीतिमा सकृय गौतम नेपालमा रहदा २ कार्यकाल बाग्लुङ महेन्द्र बहुमुखी क्याम्पसका सभापति, स्ववियु फोरम केन्द्रीय सदस्य हुदै जनसम्पर्क समिति बेल्जियमको महामन्त्री समेत भैसकेका छन । ५ बर्ष जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष बनेका गौतम २००६ देखि हालसम्म जनसम्पर्क समान्वय समिति युरोपको महामन्त्रीका रपमा कार्यरत छन ।