उर्जामन्त्री पुनद्वारा रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

उर्जामन्त्री पुनद्वारा रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण



काठमाडौं-उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरेका छन् ।

जलविद्युत आयोजनाहरु निर्माणको चरणबारे बुझ्नका लागि मन्त्री पुन हिजोदेखि नै रसुवामा छन् ।मन्त्री पुनले आज रसुवागढी जलविद्युत १११ मेघावाट परियोजनाको निरीक्षण गरेका छन् ।

आजै उनले साञ्जेन जलविद्युत आयोजनाको समेत निरीक्षण गर्ने छन् ।मन्त्री पुनले हिजो नै त्रिशुली ए, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी र माथिल्लो त्रिशुली–१ को निरीक्षण गरेका थिए ।

आयोजनाको निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्य तिब्र गतिमा व्यवस्थित ढंगले अघि बढाउन निर्देशन दिएका छन् ।

सरकारको तर्फबाट गर्नुपर्ने सहयोगबारे चिन्ता नलिइ परियोजना तोकेकै समयमा सक्न समेत निर्देशन दिए ।यसैबीच, शनिवार बिहान रसुवागढी नाकाको पनि उनले निरीक्षण गरे ।