ऊर्जाको पहुँच सहज बनाउन सम्झौता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ऊर्जाको पहुँच सहज बनाउन सम्झौता



बुटवल। जलवायु ऊर्जाको पहंँच सहज बनाउने उदेश्यले बेलायती सरकार यूके एडि सक्षम र जनउत्थान सामुदायिक लघुवित्त विकास बैकं बिच सम्झौता भएको छ।

बैकमा आबद्ध समूह सदस्यहरूको घर,साना लघु उद्यम तथा आयआर्जनका कार्यहरूका लागी उचित मूल्यमा,स्वच्छ तथा जलवायु अनुकूल ऊर्जाको पहंच सहज बनाउने लक्ष्यले बेलायती सक्षम परियोजनाका प्रमुख बेल्जीयम बोहरा र जनउत्थान सामुदायिक लघुवित्त विकास बैकका सञ्चालक अध्यक्ष बाबुराम विश्वकर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बेलायती यु के एडी,सक्षम परियोजनाको आर्थिक सहयोग तथा जनउत्थान सामुदायिक लघुवित्त विकास बैकको आयोजनामा सैनामैना नगरपालिका स्थित मुर्गियाको बाबरी रेष्टुरेण्डको हलमा एकदिवसीय साझेदारी हस्ताक्षर समारोह तथा ऊर्जा कर्जाको विशेषता तथा संयन्त्र तालिमको आयोजनामा गरिएको थियो ।

कार्यक्रम जनउत्थान सामुदायिक लघुवित्त विकास बैकका सञ्चालक अध्यक्ष बाबुराम विश्वकर्मा , बेलायती सक्षम परियोजनाका प्रमुख बेल्जीयम बोहरा, सक्षम परियोजनाका उपप्रमुख निर्मल दाहाल लगायतले बोलेका थिए । उनीहरूले सबैको पहँुचको लागी यो कार्य थालेको बताए ।

कार्यक्रममा श्रीराम पोख्रेलको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बैङ्क अधिकृत इन्द्र बरालेली गरेका थिए ।