विप्लवको उर्दी: घर भाडामा नदिनु - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

विप्लवको उर्दी: घर भाडामा नदिनु



धनकुटा । धनकुटामा बित्तिय तथा लघुबित्त सस्थाहरुलाई घर भाडा नदिन विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले उर्दी जारी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धनकुटाले प्रेस बिज्ञप्ती जारी गर्दै बित्तिय संस्थालाई घरबाट हटाउन घरपेटीलाई अपिल गरेको हो ।

जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाद्वारा जारी विज्ञप्तीमा राष्ट्रलाई आर्थिक संकटबाट बचाउन बित्तिय सस्थालाई बाहिस्कार गर्न आग्रह गरिएको छ । पुँजिवादीले जनताको सम्पत्तीमा गिद्धे नजर लगाई समाजलाई मुठ्ठिमा अटाएर जनतालाई रख्यौल बनाउन खोजेकाले त्यस्ता सस्थालाई बहिस्कार र प्रतिबन्ध लगाउन अपिल गरिएको छ ।

‘दलाल पुँजीवादी सस्था तपाईको घरमा कार्यालय खोलेर बसेको हुँनाले उक्त सस्थाको कार्यालय हटाईदिनुहुन अनुरोध छ । जनताको ईच्छा विपरित ढाँटछल गरी आफ्नो स्वार्थ पुरा गरिरहेकाले यस्ता सस्थालाई बन्द गर्ने हाम्रो अभियानमा सहयोग गर्नुहुन अनुरोध छ ।’ बिज्ञप्तीमा उल्लेख छ ।

यसअघि गत जेठ २४ गते बिप्लव नेतृत्वको नेकपा निकट जिल्ला जनपरिषद धनकुटाले प्रेस बिज्ञप्ती जारी गरेर बित्तिय तथा लघुबित्त संस्थाहरुलाई आफ्नो कारोबार बन्द गर्न आग्रह गरेको थियो ।

बित्तिय तथा लघुबित्त सस्थाहरुले सरकारको मापदण्ड विपरित जनताबाट शुल्क उठाएको, कर्जा प्रभावमा बिभिन्न शिर्षक राखी ठगी गरेको, सस्तो व्याज भनि जनतालाई गुम्राहमा राखेको र जनताको बचतमा चरम भ्रष्ट्राचार गरेको नेकपाको आरोप छ ।

त्यस्तै, मासिक किस्ता उठाउँदा सस्था जिम्मेवार नभई सोहि युनिटलाई नैतिक संकट पारी सामाजिक सभ्यतालाई प्रतिबन्ध लगाएको, जनतालाई मानसिक दवाव दिई सामाजिक बहिष्कार गर्न प्रेरित गरेको र स्थानीय जनताको पुजिलाई पलायन गरेको भन्दै बिरोध जनाउँदै आएको छ ।