उपेन्द्र यादवसंग दुरी बढाउँदै ओली - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

उपेन्द्र यादवसंग दुरी बढाउँदै ओली



काठमाडौं /सरकारमा जाने संघीय समाजवादी फोरम नेपालको सपना केपी ओली र उनको दल (नेकपा) एमालेका कारण अधुरै रहने अवस्थामा पुगेको छ ।

प्धानमन्त्री ओली भारत भ्रमणबाट आएपछि संघीय फोरमलाई सरकारमा लैजान खासै रुचि देखाएका छैनन् । सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादी फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट सशंकित भएको छ ।

एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरूले जनाएका छन् । संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरूले एमालेप्रति असन्तुष्टि जनाएका छन् ।

एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरूको भनाई छ । संविधान संशोधनमा सरकारको लिखित प्रतिवद्धता नआएसम्म पार्टी सरकारमा नजाने फोरमका नेताहरूले प्रस्ट पारेका छन् ।