उपेन्द्र यादवको सत्तारोहण: 'ताक परे तिवारी नत्र गोतामे' - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

उपेन्द्र यादवको सत्तारोहण: ‘ताक परे तिवारी नत्र गोतामे’



काठमाडौं- उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारमा गएपनि आफ्नो आन्दोलन जारी रहेको जनाएका छन् । जबकी संगै आन्दोलनमा  रहेको राजपाले भने यसको बिरोध गरेको छ ।

पार्टी मुख्यालय ललितपुरको बालकुमारीमा आयोजित  शुभकामना कार्यक्रममा उनले आन्दोलन जारी रहेको जनाएका हुन् । उनले भनेका छन् सरकारमा जाँदैमा संघर्षको मैदान छाडेको भन्ने नठान्नुहोस । “सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु बिल्कुलै गलत हो, हामी झनै प्रभावकारी रुपले आफ्ना मुद्दाहरु राख्न सरकारमा सहभागी भएका हौँ, अब संविधान संशोधनका विषय हामी बुँदागत रुपमा प्रस्तुत गरेर पारित गराउनेतर्फ केन्द्रित हुनेछौँ ।”

पार्टीका वरिष्ठ नेता अशोक राईले देश र जनताका हितमा काम गर्न पार्टी सरकारमा सहभागी भएको उल्लेख गर्दै व्यक्तिगत र स्वार्थप्रेरित काम लिएर अनावश्यक झमेलामा मन्त्रीलाई नपार्न कार्यकर्तालाई निर्देशन दिए।

शहरी विकासमन्त्री राइनले नयाँ र व्यवस्थित शहर निर्माणसम्बन्धी अवधारणाहरु साकार पार्ने बताउँदै तराई र पहाडी क्षेत्रका सबै शहरहरुको विकासका लागि आफ्नो कार्यकालमा उदाहरणीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।