आफ्नै मतदाताले जलाए उपेन्द्र यादवको पुत्ला - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

आफ्नै मतदाताले जलाए उपेन्द्र यादवको पुत्ला



काठमाडौं – उपप्रधान तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सप्तरी–२ का आफ्नै मतदाताले पुत्ला दहन गरेका छन् ।

सप्तरीको कोइलाडी चोकमा मंगलबार स्थानीयको एक समूहले यादवको पुत्ला दहन गरेको थियो । यादव प्रतिनिधिसभामा सोही निर्वाचन क्षेत्रबाट विजयी सांसद हुन् ।

वर्षातसँगै आएको बाढी र डुवानका बेला यादवले पीडितलाई राहतको पहल गर्नुको साटो उल्टै विदेश सयरमा हिंडेको भन्दै विरोधमा पुत्ला दहन गरिएको हो । तिलाठी–कोइलाडी बाढीबाट अतिप्रभावित क्षेत्र हो । चुनावमा मत दिएर जिताएको भए पनि आफूहरुको दुःखमा यादवको साथ नपाएको आरोप स्थानीयको छ ।