सीके राउत भारी मतले विजयी, मतान्तर र उपेन्द्रको मत बराबर - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

सीके राउत भारी मतले विजयी, मतान्तर र उपेन्द्रको मत बराबर



सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभातर्फ जनमत पार्टीका अध्यक्ष डा. सीके रातउको जित पक्का भएको छ । उनले १४ हजारभन्दा धेरै मतको अग्रता लिएका छन्। भने गन्न बाँकी मतले त्यो परिपुर्ती गर्ने अवस्था छैन ।

करिब ११ हजार मत गन्न बाँकी रहेको अवस्थामा त्यहाँ राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको अग्रता १४ हजार ४९२ पुर्‍याएका हुन्।

ताजा अवस्थामा उनले २८ हजार ७४९ मत ल्याउँदा यादव १४ हजार २५७ मा समेटिएका छन्। यससँगै राउतले आफ्नो जित पक्का गरिसकेका छन्।

सत्ता गठबन्धनको साथ लिएर उठेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुर ५ हजार ८१७ मतमा समेटिएका छन्।

यहाँ प्रदेशसभा तर्फ सप्तरी २ को (क) मा जनमत पार्टीका सतिश कुमार सिंह २ को (ख) मा पनि जनमतकै महेश प्रसाद यादव विजयी भइसकेका छन्।