बैठकमै प्रधानमन्त्रीले उपेन्द्र यादवलाई तर्साए - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

बैठकमै प्रधानमन्त्रीले उपेन्द्र यादवलाई तर्साए



काठमाडौं- मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकेर उठ्नै लाग्दा उपप्रधानमन्त्री एवं कानुन तथा न्यायमन्त्री उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्री ज्यू बैठकमा मेरो एउटा प्रस्ताव छ।’

प्रधानमन्त्री केपी ओलीले भने, ‘के प्रस्ताव?’

मन्त्री यादवले बन्द खाम झिकेर टेबुलमा राख्दै भने, ‘यो संविधान संशोधन प्रस्ताव हो। म यहाँ पेस गर्दछु।’

एकाएक ठाडो प्रस्ताव आएपछि प्रधानमन्त्री ओली जंगिएको एक मन्त्रीले बताए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘संविधान संशोधन प्रस्ताव जति बेला मन लाग्यो त्यति बेला ल्याउने हो? एउटाले ल्याएर हुन्छ? संशोधन एउटा मन्त्रीले भनेर हुन्छ? जसले जसरी जुन बेला ल्याए पनि हुने, यही हो विधि? संविधान संशोधन गर्न राजनीतिक सहमति चाहिँदैन?’

प्रधानमन्त्री ओलीले यसो भनिरहाँ मन्त्री यादव बीचमै उठेर निस्किएको ती मन्त्रीले जानकारी दिए।