गठबन्धन छोडेपछि जसपालाई मालामाल, यस्तो छ एमालेसँगको नयाँ सहमति - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गठबन्धन छोडेपछि जसपालाई मालामाल, यस्तो छ एमालेसँगको नयाँ सहमति



पाँच दलीय सत्ता गठबन्धनबाट विच्किएको जसपाले बालकोटसँग २५ सिटमा सहमति गरेको छ। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट भागबण्डामा कुरा नमिलेपछि जसपा गठबन्धनबाट बाहिरिएको हो।

जसपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मधेशमा १६ सहित देशभर २५ सिटमा उम्मेदवार उठाउने गरी एमालेसँग सहमति गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार बेलुका एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्न बालकोट पुगेका थिए।

उपेन्द्र र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलको बातावरण भने जसपाका संघीय परिषद अध्यक्ष अशोक राईले मिलाएका हुन्।

सहमतिअनुसार आज दुई पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर हुने जनाईएको छ। को तयारी भएको छ।

सहमति अनुसार धनुषा २, बारा २ र ३ बाँके २ र रुपन्देही ४ लगायत केही क्षेत्रमा भने दुई पार्टीबीमा मित्रवत् प्रतिस्पर्धा हुनेछ।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग भने बार्तालाई अन्तिम रुप दिएको छैन। एमालेसँग वार्ता गर्न लोसपाले टोली नै बनाएको थियो । तर एमाले नेताहरु भने लोसपासँग सहमतिको प्रयास अघि बढ्न नसकेको बताउँछन् ।