डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था कस्तो छ ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था कस्तो छ ?



काठमाडौँ- छ महिना बेलायतमा उपचार गराएर फर्केका पुर्व स्वास्थ्यमन्त्री तथा वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य गम्भीर, तर स्थिर रहेको बताइएको छ । नेपालमै उपचार गराउने इच्छा राखेपछि श्रीमतीले नेपाल लिएर आएको परिवार श्रीताले जनाएको छ ।

बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै देशको अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको हो ।

उनको हाल बाँसबारी न्युरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्थाका कारण भेट्न नसकिने भन्दै अस्पतालले उपचारबारे विज्ञप्तिमार्फत जानकारी गराएर स्पष्ट पारेको छ ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि डा. देवकोटा उपचारका लागि श्रीमती डा. मधु दीक्षितसहित छ महिनाअघि बेलायत पुगेका थिए ।