रविन्द्र अधिकारी सवार हेलिकप्टरबारे यस्तो छ पछिल्लो अपडेट - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रविन्द्र अधिकारी सवार हेलिकप्टरबारे यस्तो छ पछिल्लो अपडेट



काठमाडौं- ताप्लेजुङको फुङलिङस्थित विकट तारेढुंगा भिरमा ठोक्किएर दुर्घटनामा परेको पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टरबारे मानविय क्षति भए नभएको बारे अझै यकिन हुन सकेको छैन।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीले जिल्ला प्रहरी कार्यालय र पाथीभाराबाट हिँडेको टोली घटनास्थलमा पुग्न बाँकी नै रहेको बताए। मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर बिहान ११ बजेर ३० मिनेटमा तेह्रथुमको चुहानडाँडा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो।

काठमाडौंका लागि उड्नुअघि मन्त्रीले करिब एक घन्टा ४० मिनेट चुहानडाँडा विमानस्थलको अनुगमन गरेका थिए।