अपडेट: अर्घाखाँची बस दुर्घटनामा १० जनाको मृत्यु, सात गम्भीर
अर्घाखाँची – अर्घाखाँचीको नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ ।
सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छ ।
दुर्घटनामा परि १० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलका प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते सात जनालाई उपचारको लागि बुटवल पठाईएको छ ।
बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।