कहिले होला उपनिर्वाचन ?- यस्तो छ तयारी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कहिले होला उपनिर्वाचन ?- यस्तो छ तयारी



काठमाडौं -संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदाधिकारीको विवरण पेस गर्न अन्तिम ताकेता गरेको छ ।

जिल्ला समन्वय समिति पदाधिकारी तथा विभिन्न गाउँपालिका र नगरपालिकामा रिक्त पदाधिकारीको उपनिर्वाचन तयारीका लागि निर्वाचन आयोगको आग्रहमा अन्तिम पटक विवरण माग गरिएको हो ।

मन्त्रालयले विभिन्न कारण स्थानीय तहमा रिक्त प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायतका पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने भन्दै सम्बन्धित जिल्ला समन्वय समिति कार्यालयमार्फत एकीकृत विवरण पठाउन भनेको हो ।

यसअघि पटक-पटक गरी सात पटकसम्म ताकेता गर्दासमेत विवरण नआएको भन्दै मन्त्रालयले बिहीबारसम्मको अन्तिम समयसीमा तोकेको छ ।

मन्त्रालयद्वारा जारी परिपत्रमा मागबमोजिमको विवरण नआए सम्बन्धित प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार हुनुपर्ने चेतावनी पनि दिइएको छ ।

लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा समस्या सिर्जना भएपछि आयोगले मंसिरमा उपनिर्वाचन तयारी थालेको हो ।