उपाधिको लागी एक जीत काफी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उपाधिको लागी एक जीत काफी



युभेन्टस इटालियन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पहिलो हाफमा पछि परेर पनि दोस्रो हाफमा तीन गोल गर्दै बोलोग्नालाई ३–१ ले हराएको युभेन्टसलाई अब उपाधिका लागि एक जित मात्रै आवश्यक छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टर पहिलो हाफमा १–० ले पछि परेको थियो । बोलोग्नाका लागि ३० औँ मिनेटमा पाएको पेनाल्टी सिमोने भेर्डीले गोल गरे । तर दोस्रो हाफमा भने युभेन्टस चम्कियो ।

५१ औँ मिनेटमा बोलोग्नाका सेबास्टियन डी माइओले आत्मघाती गोल गरे । ६३ औँ मिनेटमा सामी खडिएराले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । यस्तै ६९ औँ मिनेटमा पाउलो डिबालाले गोल गरेपछि युभेन्टस ३–१ ले विजयी भयो ।

अब एक जित मात्रै निकालेमा युभेन्टसले लगातार सातौँ सिजन सिरी ए को उपाधि जित्ने छ । यस्तै आइतबार हुने खेलमा टोरिनोले दोस्रो स्थानको नापोलीलाई हराएमा पनि युभेन्टसले उपाधि जित्ने छ ।