उपचार खर्च प्रधानमन्त्री आफैले बेहोर्ने - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

उपचार खर्च प्रधानमन्त्री आफैले बेहोर्ने



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ । उपचार खर्च प्रधानमन्त्री आफैले बेहोर्ने भएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नबेहाेर्ने सूचना तथा सञ्चार प्रविधिमन्त्री गाेकल बाँस्कोटाले जानकारी गराए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको भाडाबाहेक अन्य उपचार खर्च सरकारले नबेहोर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले आफ्नै खर्चमा उपचार गर्नुहुन्छ’, बाँस्कोटाले भने, ‘सरकारी कर्मचारीको खर्च, आउने जाने, बसोबास खर्च भने सरकारले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भाडाबाहेक अन्य उपचार खर्च सरकारले बेहोर्दैन ।’

प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् ।

बाँस्कोटाले भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च भने सरकारले बेहोर्ने बताए । ‘कर्मचारी बाहेक अरु कसैको टीएडीए स्वीकृत गरिएको छैन’ उनले भने, ‘प्लेन खर्च बाहेक अरु उहाँको निजी खर्च हुनेछ ।’