ज्ञानेन्द्र शाही आक्रमण: सत्ताको उन्माद र नेताको उक्साहटको उपज - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

ज्ञानेन्द्र शाही आक्रमण: सत्ताको उन्माद र नेताको उक्साहटको उपज



काठमाडौं । नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा दिनदहाडै निर्घात कुटपिट भयो । उनिसंगै चितवन पुगेका अभियानका अन्य सदस्य पनि कुटिए ।

नेकपाकै कार्यकर्ताहरुले उनीमाथि सांघातिक हमला गरेको आरोप लागेको छ । नेकपाका कार्यकर्ताले नै शाहीमाथि हातपात गरेको हो कि होईनन् भन्ने कुरा पुष्टि भएको छैन् । तर, चितवन प्रहरीले शाहीमाथिको कुटपिटमा संलग्नताको आशंकामा एक जनालाई पक्राउ भने गरेको छ ।

यसै सन्दर्भमा विभिन्न राजनीतिक दलका नेताहरूले यो बिषयमा बोले र धेरैले घटना निन्दनीय भएको, नेकपाका कार्यकर्ताले सत्ताको उन्माद र नेताहरूको उक्साहटमा यस्तो कृत्य गरेको आरोप समेत लगाए । धरैले घटनामा संलग्नलाई तत्काल कारबाहीको माग समेत गरे ।

नेकपाको भातृ संगठनले शाहीलाई विभिन्न जिल्लामा प्रवेश निषेध गर्नेगरी विज्ञप्ति समेत जारी गरे । यो जारी गर्नुको कारण भने नेकपाका स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराई र शाहीबीच हालै नेपालगञ्ज विमानस्थलमा विवाद भएको थियो ।

शाहीमाथि भरतपुरको चौविसकोठीमा नेपालका लागि नेपाली अभियानले आयोजना गर्न लागेको कार्यक्रमको स्टेज तोडफोड गरेपछि कार्यक्रम बिथोलिएको थियो भने उनलाई गाडीमै बसेको बेला सांघातिक हमला भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो ।

कांग्रेस युवा नेता गगन थापाले शाहीमाथिको हमलालाई कायरताको संज्ञा दिएका छन् । उनले आक्रमणकारीहरूको हिसाब गरिने समेत भनेका छन् । तर मन्त्री योगेश भट्टराईले कुनै प्रतिक्रिया जनाएका छैनन् । उनीसंगै जोडिएको बिषयले यो अवस्था सिर्जना भएकोले नैतिक रुपमा उनले केहि प्रतिक्रिया दिनुपर्ने थियो नै ।

एउटा कानुनि राज्यमा यस्तो खालको घटना हुनु भनेको राम्रो संकेत भने पक्कै होइन । हरेक व्यक्तिले देशभर आफ्नो कानुनले बर्जित गरे बाहेकका क्रियाकलाप निर्बाध गर्न पाउने अधिकार छ । तर कसैले बिज्ञप्ति निकालेर निषेध गर्नु र भौतिक आक्रमण गर्नु कानुनि राज्यको उपहास हो ।

र यस्तो हमला गर्ने र निषेध गर्ने कार्यले शाहिमाथि अझै धेरै जनमत र समर्थन बढ्ने हुन्छ । बिस्तारै यस्ता घटनाले फरक रुप लिनसक्ने र राज्यब्यबस्थामा समेत धक्का पुग्न जान्छ ।