युनिटी अफ अर्घाखाँचीद्वारा अनाथ बालबालिकालाई सहयोग ! - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

युनिटी अफ अर्घाखाँचीद्वारा अनाथ बालबालिकालाई सहयोग !



विकास पन्थी ,

देश विकासका लागि एकता भन्ने मूल मान्यताका साथ  अर्घाखाँचीमा जन्म भई बुटवलमा अध्ययन गर्न बसेका युवायुवतीद्वारा भर्खरै स्थापन गरिएको ” युनिटी अफ अर्घाखाँची ”  क्लबद्वारा अनाथ बालबालिकाहरुलाई  आफु सक्दो सहयोग गरेका छन् ।

बुटवलको  जितगढीमा अवस्थित “बाल कल्याण गृह”लाई उनीहरुले सहायो गरेका हुन् ।  १७जना अनाथ बालबालिकालाई सहयोग स्वरूप जाडो महिनालाई लक्षित पारी बलाङ्केट, पठनपाठनलाई आवश्यक कापी कलम र क्याल्कुलेटर, जोमेटिबक्स उपलब्ध गराईएको हो  ।

साथै अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहने हुँदा आफू बसोबास गरिरहेको क्षेत्रमा पनि केही सकारात्मक परिवर्तन ल्याउँ भन्ने उद्धेश्य राखी देशका विभिन्न ठाउँमा सामाजिक कार्य गर्ने कुरा उनीहरुले बताए ।