राष्ट्रियसभा निर्वाचन उम्मेदवारको उम्मेदवारी नै खारेज - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

राष्ट्रियसभा निर्वाचन उम्मेदवारको उम्मेदवारी नै खारेज



जनकपुरधाम। राष्ट्रिय सभा चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवार उम्मेदवारी खारेज गरिएको छ। लोसपाले राष्ट्रिय सभामा उम्मेदवार बनाएका श्याम सुन्दर सरदारको उम्मेदवारी प्रदेश निर्वाचन आयोगको कार्यालयले खारेज गरेको छ।

प्रदेश सभाको समानुपातिकतर्फको बन्द सुचीमा उनको नाम रहेको र आर्थिक लाभ लिने पदमा कार्यरत रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो।

सप्तरीको कंचनरुप निवासी सरदार प्रदेश २ सरकारले २०७८ फागुन ६ मा गठन गरेको दलित विकास समितिको सदस्यका रुपमा काम गरिरहेका छन्। उनले यो समितिबाट आर्थिक लाभ लिइरहेका छन्।

राष्ट्रिय सभा निर्वाचन निर्देशिका अनुसार आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदबारी दिन नपाउने व्यवस्था रहेको छ।