प्रतिनिधिसभामा दुई हजार ४१२ र प्रदेशसभामा तीन हजार २२४ जना उम्मेदवार - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

प्रतिनिधिसभामा दुई हजार ४१२ र प्रदेशसभामा तीन हजार २२४ जना उम्मेदवार



काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।

निर्वाचनका लागि दर्ता भएकामध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो।

प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा दुई हजार ४१२ जनाले उम्मेदवारी दिएका छन्। प्रदेशसभातर्फ जम्मा तीन हजार २२४ जनाको उम्मेदवारी परेको छ।

प्रतिनिधिसभातर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला उम्मेदवार छन्। प्रदेशसभातर्फ दुई हजार ९४३ पुरुष र २८० जना महिलाले उम्मेदवारी दिएका छन्। प्रदेशतर्फ १ जना अन्यको उम्मेदवारी परेको आयोगले जनाएको छ।

ययसँगै मौन अवधि सुरु नभएसम्म उम्मेदवारले विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्न पाउनेछन्।