एमाले स्थायी कमिटीमा आठ नेता थपिए - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

एमाले स्थायी कमिटीमा आठ नेता थपिए



काठमाडौं- नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग गरी आठ जना नेतालाई स्थायी कमिटीमा थप गरिएको छ ।

अब एमालेका सम्पूर्ण कामकारवाही केन्द्रीय कमिटीकै नामबाट हुने भएका छन् । बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गर्ने निर्णय गरेको हो ।

नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेता थपिएका छन् । यस्तै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको छ ।

बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए महाधिवेशन आयोजक कमिटी खारेजसँगै उनीहरूको कारबाही निस्क्रिय भएको हो ।