काउन्टर महाभियोगको लागि एलालेले थाल्यो हस्ताक्षर संकलन - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

काउन्टर महाभियोगको लागि एलालेले थाल्यो हस्ताक्षर संकलन



काठमाडौं-सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाभियोग लगाउने तयारी गरेको छ।

एमालेले प्रतिनिधि सभा पुनः स्थापना गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको हो।

एमालेले आइतबारदेखि नै काठमाडौंमा उपलब्ध सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको स्रोतले बताएको छ । हस्ताक्षर संकलन गरेपनि महाभियोगको औपचारिक निर्णय भने एमालेले गरिसकेको छैन ।

तर त्यसभन्दा अघि आज बस्ने एमाले संसदीय दलको बैठकले ठोस निर्णय गर्ने एमाले नेताले बताएका छन्।

स्रोतका अनुसार आइतबार बालकोटमा बसेको एमाले सचिवालय बैठकमा सहभागीहरूले उल्लिखित न्यायाधीशहरूविरुद्ध महाभियोग लगाउनुपर्ने सुझाव दिएका थिए।