नेकपा एसको अछाम जिल्ला कमिटी सर्लक्कै एमालेमा फर्कियो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेकपा एसको अछाम जिल्ला कमिटी सर्लक्कै एमालेमा फर्कियो



काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी नै एमालेमा फर्किएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा नेकपा एसको जिल्ला कमिटी नै एमालेमा फर्किएको हो।

जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईसहित १७५ सदस्य छन्।

भट्टराईसहितका नेताहरु तत्कालीन नेकपा एमालेसँग विद्रोह गरी माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीमा लागेका थिए। कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, अध्यक्ष कर्ण थापालगायत उपस्थित थिए।