एमालेको कार्यक्रममा नेकपा एसलाई पनि निम्तो - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

एमालेको कार्यक्रममा नेकपा एसलाई पनि निम्तो



विराटनगर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले आज सोमबार विराटनगरमा दसैं, तिहार, छठ तथा नेपाल संवत् अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुँदैछन्।

चियापान कार्यक्रममा एकीकृत समाजवादी दललाई पनि निम्तो दिइएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागी नहुने भएको छ।

ओली सहभागी कार्यक्रममा सहभागी नहुने नेकपा (एस) मोरङका प्रवक्ता ओसिम आलमले बताए। मोरङस्थित नेकपा (एस)ले कात्तिक १३ गते आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा आफूहरूले एमाले मोरङलाई निमन्त्रणा गरेको भए पनि कार्यक्रममा सहभागी नभएको आलमले बताए। कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथि थिए।

‘हामीले उहाँहरूलाई निम्तो पठाएका थियौं तर उहाँहरू आउनुभएन,’ आलमले भने, ‘हामीलाई पनि निम्तो गर्नुभएको रहेछ तर हाम्रो पार्टी पनि कार्यक्रममा सहभागी हुँदैन।’