एमाले पोखराका उम्मेदवार परिवर्तन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमाले पोखराका उम्मेदवार परिवर्तन



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोखराको मेयरका उम्मेदवार परिवर्तन गरेको छ।

पोखराको मेयरमा प्रस्तावित दीपक पौडेलको विवादित सीसीटीभी फुटेज बाहिरिएपछि उसले कृष्ण थापालाई टिकट दिइएको छ। थापा प्रदेश सभा सांसद हुन्।

उपमेयरमा भने एमालेले वर्तमानमा उपमेयर मञ्जु गुरुङलाई नै दिने निर्णय गरेको छ। गुरुङले भने आफूले उपमेयर स्वीकार नगर्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएको छ। तर, गुरुङ भने यस बारे मौन छिन्।