एमालेले ल्यायो २२ लाख नयाँ मत थप्ने योजना - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

एमालेले ल्यायो २२ लाख नयाँ मत थप्ने योजना



काठमाडौं- नेकपा एमालेका ११ लाख पार्टी सदस्य पुगेका छन् । पार्टीले प्रत्येक सदस्यले आगामी निर्वाचनमा दुई जना मतदाता थप्नेगरी योजना ल्याएको छ ।

एमालेले एकजना पार्टी सदस्यले कम्तीमा दुईजना नयाँ मतदाता थप्ने र पाँचजना पुरानाको संरक्षण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा उक्त योजना पेश भएको हो।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमालेका ८ लाख पूराना सदस्य छन्। थपिएका करिब ३ लाखको अद्यावधिक हुन बाँकी रहेको उनले बताए। ११ लाख पार्टी सदस्यले दुईजना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ।

केन्द्रीय कमिटीको बैठकमा नौ वटै समूहका टोलीका नेताले अध्यक्षको प्रतिवेदनमा समूह छलफलबाट उठेको जिज्ञासा तथा सुझावसहित धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिँदैछन्। एमाले बैठक आजै समापन हुनेछ।