एमालेका केन्द्रीय सल्लाहकारले छोडे पार्टी, मधेशमा अर्को धक्का - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

एमालेका केन्द्रीय सल्लाहकारले छोडे पार्टी, मधेशमा अर्को धक्का



एमाले प्रवेश गर्ने लर्को लागिरहेका बेला एमालेकै केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्।

धनुषाबाट चुनाव लड्ने तयारी गरेका यादवले सोमबार पार्टी परितयागको घोषणा गर्दै जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका हुन्।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका यादव एकाएक पार्टी परित्याग गरी जसपामा प्रवेश गरेपछि मधेशमा तनाव थपिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी लोसपाका सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव असन्तुष्ट भएका थिए।

आफूले सो क्षेत्रमा टिकेट पाउने सम्भावना नदेखेपछि उनी एमाले छोडेर जसपामा प्रवेश गरेका हुन्। आगामी मंसिर ४ गते धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनको तयारी छ।

पार्टीले आफूले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको अवमूल्य गरेको यादवले आरोप लगाए। एमालेलाई धनुषा २ मा मजबुत बनाउनका उनको महत्वपूर्ण योगदान रहँदै आएको थियो।