नेपाल समुहको आग्रहमा एमाले केन्द्रीय समिति बैठक स्थगित - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

नेपाल समुहको आग्रहमा एमाले केन्द्रीय समिति बैठक स्थगित



काठमाडौं- नेकपा एमालेको केन्द्रीय समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक स्थगित गरिएको हो । शनिबार ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको बताइएको छ ।

बालुवाटारमा शुक्रबार बसेको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएका थिएनन् । बैठक माधव नेपाल समुहको आग्रहमा स्थगित गरेको बताइएको छ । विहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

बालुवाटारमा जारी बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको छ । गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो ।