यी हुन् नेकपा एमालेबाट प्रत्यक्षमा जितेका ४० सांसद - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

यी हुन् नेकपा एमालेबाट प्रत्यक्षमा जितेका ४० सांसद



प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५२, नेकपा एमाले ४०, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन तथा पाँच जना स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल​, योगेशकुमार भट्टराई, देवराज घिमिरे, राजेन्द्रकुमार राई, ऋषिकेश पोखरेल, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, राजकुमार गुप्ता, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, पृथ्वीसुब्बा गुरुङ विजयी भएकाम छन् ।

त्यसैगरी मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, वासुदेव घिमिरे, भीमप्रसाद आचार्य, सूर्यबहादुर थापा, सूर्यप्रसाद ढकाल र दामोदर भण्डारी पनि प्रत्यक्षतर्फ निर्वाचित भएका छन् ।

साथै, एलपी लिम्बु, वसन्त नेम्वाङ, राजकुमार गुप्ता, अच्युनप्रसाद मैनाली, ज्वालाकुमारी साह, रामशंकर यादव, लिलानाथ श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, मंगलप्रसाद गुप्ता र बासुदेव घिमिरे निर्वाचित भएका छन् ।