उल्टियो परिणाम - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

उल्टियो परिणाम



काठमाडौं- सर्वाधिक चासोका साथ हेरिएको कास्की २ प्रतिनिधिसभाको उपनिर्वाचनको मत गणना शनिबार मध्यरातिबाट सुरू भएको छ ।

तर अन्य जिल्लामा भने वडाध्यक्षका लागि भएका मतगणनाको नजिता आउन थालेका छन्।

अर्घाखाँचीको मालारानी ३ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

अघिल्लोपटक कांग्रेस र माओवादी मिल्दा पनि एमाले एक्लैले जितेको थियो।

दाङको घोराही १६ मा वडाध्यक्ष कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार ७६५ मत ल्याएर विजयी भएका छन् भने नेकपाले ३७८ मत प्राप्त गरेको छ।

अघिल्लो निर्वाचनमा एमालेले १२ सय मत ल्याउँदा कांग्रेसले ६१५ मत ल्याएको थियो। त्यस्तै माओवादीले ४४८ मत ल्याएको थियो।

बाजुराको त्रिवेणी १ मा वडाध्यक्ष कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार ४७३ मत ल्याएर विजयी भएका छन् भने नेकपाले २९७ मत मात्रै ल्याएको छ।