युक्रेनमाथि शानदार जित निकाल्दै इङ्ल्याण्ड सेमिफाइनलमा - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

युक्रेनमाथि शानदार जित निकाल्दै इङ्ल्याण्ड सेमिफाइनलमा



काठमाडौं- रोममा गएराति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनमाथि शानदार जित निकाल्दै इङ्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा पुगेको हो। इङ्ल्याण्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे। यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे।

स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इङ्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफमा भने इङ्ल्याण्डले लगातार गोल गर्यो। ४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इङ्ल्याण्डलाई २-० को अग्रता दिलाए। खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्याण्डको अग्रता तेब्बर बनाए। त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इङ्ल्याण्डलाई ४-० को जित दिलाए।

यससँगै इङ्ल्याण्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। यस अघि इङ्ल्याण्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो। अब इङ्ल्याण्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।

यस अघि राउण्ड अफ १६ माइ ङ्ल्याण्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा पक्का गरेको हो। युक्रेनले भने स्विडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डसँगको भेट पक्का गरेको थियो।