यी हुन् उखु किसानको २१ करोड नतिर्ने कांग्रेस संसदीय दलका उपनेता - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

यी हुन् उखु किसानको २१ करोड नतिर्ने कांग्रेस संसदीय दलका उपनेता



काठमाडौं- वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता पनि हुन्।

कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन्। उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान गरेको छैन। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

अझ सरकारले खोज्दासमेत सम्पर्कमा नआएको कृषिमन्त्री घनश्याम भुसालको दाबी छ।

‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कविहीन छन्, उनीहरूलाई सम्पर्कमा ल्याउने र किसानको बक्यौता भुक्तानी गराउन सरकारले प्रयास गरिरहेको छ, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री भुसालले भने।

सोमबार साँझ कनोडियाले भने, ‘म सरकारको सम्पर्कमा नआएको भन्ने आरोप निराधार हो। मेरो उद्योगमा भुक्तानीको समस्या छैन।’

तर महालक्ष्मी सुगर्स मिलले २१ करोड भुक्तानी गर्न बाँकी रहेको तथ्य स्मरण गराउँदा उनले भने, ‘म पैसा तिर्दै आएको छु, आगामी सोमबार १४ करोड भुक्तानी गर्दै छु।’