बेलायतले माग्यो ५५०० नर्स - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बेलायतले माग्यो ५५०० नर्स



लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । आजको कान्तिपुरमा खबर छ ।

‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् ।

यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न मद्दत पुग्ने अधिकारीको भनाइ छ । उनीहरुले यसबाछ विकासशील मुलुकका प्राविधिक जनशक्तिले पनि प्रशिक्षणको अवसर पाउने भएकाले दुवै पक्षका लागि लाभदायी हुने बताए ।

बेलायतमा हाल ४० हजार नर्सको पद खाली छन् ।